
काठमाडौं, ६ असोज । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनबाट नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
मंगलबार एक शोक विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा ‘हिमचितुवा’का नामले सुपरिचित साहसिक व्यक्तित्व आङरिता शेर्पाको निधनले स्तब्ध बनाएको बताएका छन् ।
‘कृत्रिम अक्सिजनको सहयोगविना १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उच्च बनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।’
‘उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु’, भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै मंगलबारको मन्त्रिपरिषद् बैठकले शेर्पाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय भएको पनि उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया