३१ आश्विन २०८३, शनिबार

‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । चर्चित आरोही ‘हिउँ चितुवा’ भनेर चिनिने आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको सोमबार बिहान काठमाडौंको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उनले विनाअक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यही कारणले उनलाई ‘हिउँ चितुवा’ उपनाम दिइएको थियो ।

स्वर्गीय शेर्पा सु–प्रबल गोरखा दक्षिणबाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित भएका थिए ।