केकी अधिकारी र पि्रयंका कार्की पछिल्लो समय सर्वाधिक सफल र व्यस्त नायिकामा गनिन्छन्। यी दुवै नायिकासँग फिल्मी मस्ती गर्ने मौका पाएका छन्, दयाहाङ राईले।सुवर्ण थापाले निर्देशन गररिहेको फिल्म फन्कोले यस्तो मौका जुराइदिएको हो। दयाहाङ र पि्रयंकाको जोडी यसअगाडि झोलेमा देखिएको थियो तर केकीसँग उनी पहिलोपटक स्क्रिन सेयर गर्दै छन्।
उसो त फन्कोमा अनुप बराल र सौगात मल्ल पनि अभिनय गर्दै छन्। तर, यी दुई अभिनेत्रीको निकटता दयाहाङसँग बढी छ।
कम्तीमा पि्रयंकाले फेसबुकमार्फत सार्वजनिक गर्ने फन्नी फोटोले यही कुरा पुष्टि गर्छ। अनि, दुई सुन्दरीको बीचमा रमाउन पाउँदा दयाहाङ पनि मक्ख छन्।













प्रतिक्रिया