
हुम्ला, ५ असोज । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको समाचार सार्वजनिक भएसँगै नेपाली अधिकारीहरुको टोली सो क्षेत्रमा अनुगमनका लागि निस्किएका छन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमन टोली नाम्खा गाउँपालिकाको लिमीतर्फ गएको छ । टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष लगायत छन् ।
नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले ९ वटा भवन निर्माण गरेको तस्वीरसहितको समाचार आइतबार नेपाली सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको थियो ।
केही दिन अगाडि मात्रै स्थलगत अनुगमन गरेर आएका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले २ देशको सीमानाभन्दा करिब २ किलोमिटरयता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन निर्माण गरेको बताए ।
सहायक प्रजिअ हमालको नेतृत्वमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोलीले भदौ १४ गतेदेखि १९ गतेसम्म स्थलगत अनुगमन गरेको थियो ।
थप विवरणका लागि यो पनि पढ्नुहोस्















प्रतिक्रिया