बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चीनले हुम्लामा नेपाली भूमिभित्र यसरी बनायो घरहरू

दैनिक नेपाल २०७७ असोज ४ गते ११:५५

सिमकोट, ४ असाेज । भारतले नेपाली भूमि मिचेको भनेर बबाल मच्चिइरहेका बेला चीनले पनि नेपाली भूमिभित्रै प्रवेश गरेर भवनहरू बनाएको खुलासा भएको छ ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ को लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको हो ।

दुई देशको सिमानाभन्दा दुई किलोमिटर नेपाली भूमिभित्र प्रवेश गरेर भवन बनाएको छ । चीनले नेपाली भूमिमा भवन बनाउने कार्य अन्तिम चरणमा पु¥याएको छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भू–भागमा चीनले नौ वटा व्यापारिक भवनहरू बनाएको जानकारी दिएका छन् ।

लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ भएका मानिसहरू गाडी चढेर चीनको भू–भागतर्फ लागेको लामाले बताएका छन् ।

२०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सो स्थानमा तीन वटा भवन मात्र थिए ।

हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सीमा स्तम्भ छ । ११ नम्बर सीमा स्तम्भ हराएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले पनि भवन निर्माण गरिएको क्षेत्र नेपाली भू–भाग भएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित