
काठमाडौं, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।
प्रधनामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक शुरु भएको जानकारी दिएका हुन् । बिहीबार ११ बजे बस्ने पूर्वनिर्धारित समय परिवर्तन गरी दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकले राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने या नदिने विषय टुंगो लगाउने छ ।
प्रधानमन्त्री ओली खतिवडालाई नै दोहोर्याउने पक्षमा छन् भने वामदेव गौतमले राष्ट्रियसभामा जान इच्छा देखाएकाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि वामदेवकै पक्षमा छन् ।
खतिवडालाई पर्सि शनिबारसम्म मनोनित नगरे उनको पद स्वतः सकिने भएकाले यो विषयमा भोलिसम्म टुङ्गोमा पुग्नु पर्ने बाध्यता नेकपालाई छ ।
साढे दुई वर्ष पहिले गोला प्रथाबाट खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेकाले गएको फागुन २० गते उनको सांसद पद सकिएको छ । तर, सांसद नभएको व्यक्ति ६ महीनासम्म मन्त्री बन्न पाउने संविधानको प्रावधानअनुसार अहिलेसम्म मन्त्रीकै पदमा छन् ।
नेकपाको आजको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानको लागि कार्यदलले दिएको प्रतिवेदनको विषयमा पनि छलफल हुनेछ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया