
काठमाडौं, १८ भदौ । निकै लामो रस्साकस्सीबीच पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।
बुधबार साँझ केपी ओली र बामदेव गौतमबीच भएको छलफलबाटै यो निष्कर्षमा पुगेका बताइएको छ ।
राष्ट्रियसभामा अहिले एउटा सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री ओलीको चाहना भए पनि अन्तितमा गौतमले बाजी मार्ने भएका छन् ।
यद्यपि, यसै विषयमा थप छलफल गर्नुपर्ने भन्दै बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ ।















प्रतिक्रिया