रौतहट । रौतहटमा यात्रुवाहक बस जाँचका क्रममा एक १७ वर्षीय किशोरको झोलाबाट प्रहरीले १४७ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बिर्ताबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका–८, बिर्ता चोकमा सवारीसाधन जाँच गर्ने क्रममा ती किशोरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना४ख ४७०४ नम्बरको बस जाँच गर्दा तनहुँको शुक्लागण्डकी नगरपालिका–३, कार्कीडाँडाका १७ वर्षीय नवीन विकले बोकेको झोलामा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा लागूऔषध फेला परेको थियो ।
झोलाबाट प्रोमथाजिन, सेरेजेक र नुफिन नामक लागूऔषध जनही ४९ का दरले कुल १४७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमद्वारा शनिबार जारी विज्ञप्तिअनुसार पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया