११ कार्तिक २०८३, बुधबार

मध्यबिन्दु अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ७ भदाै । नवलपरासी बर्दघाट-सुस्तापूर्वको मध्यबिन्दु जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालमा मंगलबार उपचारका लागि आएका कावासोतीका ४० वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

सङ्क्रमित बिरामीको सम्पर्कमा आएका डाक्टर, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको कोरोना परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलीकरण गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलराज गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मी र कर्मचारीको भोलि मात्रै स्वाब सङ्कलन गरी परीक्षण गर्ने र रिपोर्ट नआउँदासम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने पनि उनले बताए ।