११ कार्तिक २०८३, बुधबार

चौरीदेउराली गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ३ भदौ । काभ्रेकाे कोशीपारीको चौरीदेउराली गाउँपालिकालाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि केहि जुझारू युवाहरूको पहलमा काठमाडौंमा रहेको उज्यालो नेपाल नामक संस्थाले निःशुल्क स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।

गाउँपालिकाको कार्यालय ढाडखर्कमा पुगेर वडा नं. ६ का वडाअध्यक्षका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका युवा नेता किशोर गिरीले गाउँपालिकाका उपप्रमुख तारादेवी चौलागाइँलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सन्जय लामा ,सोनम शेर्पालगायतका जुझारु युवाहरूको पहलमा उज्यालो नेपाल संस्थाद्धारा प्राप्त ४ हजार थान मेडिकल मास्क, २ सय थान भिटिएम किट, १० पिस पाँच सय एमएलका सेनिटाइजर, ५ थान स्प्रे सेनिटाइजर र १५ थान फेस कभरलगायतका सामाग्री प्रदान गरिएको गिरीले बताए ।