काठमाडौ । नेपालमा पेट्रोलियम पदार्थको खपत दिन दिनै चुलिएको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार चालू आथिर्क बर्षको बैशाखमसान्तसम्म १ खर्ब ४ अर्ब ३२ करोड ९ लाख ५० हजार ८ सय ७३ रुपैयाँको इन्धन आयात भएको छ । यो गत बर्षको पूरै समयावधि भन्दा पनि बढी हो ।
गत आवको पूरै अवधिमा करिब ९८ अर्व रुपैयाको इन्धन आयात भएको थियो । उर्जा संकट, सवारीसाधनको बढ्दो प्रयोगलगायतका कारण इन्धन खपत बार्षिक १५ प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । इन्धन आयातका लागि बाहिरिने रकम पनि सोही अनुपातमा बढिरहेको नयाँ पत्रिकामा खबर छ ।
व्यापार तथा निकासी प्रबद्धन केन्द्रका अनुसार मुलुकमा सबभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । सवारीसाधनको आयात र प्रयोग बढ्दा पनि इन्धन खपत बढेको हो ।
निगमले भारत सरकारको स्वामित्वमा सञ्चालित भारतीय आयल निगम (आइओसी)सँग सोझो सम्झौता गरी इन्धन आयात गरिरहेको छ । आइओसीबाट पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यास र फर्निस तेल आयात गर्दा १० महिने अवधिमा खर्ब रुपैया भन्दा बढी रकम भारत पठाएको निगमका प्रवता मुकुन्द घिमिरेले बताए ।













प्रतिक्रिया