११ कार्तिक २०८३, बुधबार

नारायणी अस्पतालका ४ कर्मचारीसहित बारा र पर्साका थप ४७ जनामा कोरोना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ३२ साउन । नारायणी अस्पतालका ४ जना कर्मचारीसहित बारा र पर्साका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १० जना महिला र ३७ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।

वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका ४ कर्मचारी र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा संक्रमण देखिएको हो।

पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई र रक्सौल पन्टोकाका एक/एक जनामा संक्रमण देखिएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।

पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमण बढिरहेको छ।