दगाम, ३१ साउन । तनहुँ क्षेत्र नं. २ का सांसद केदार सिग्देलले चितुवाको आक्रमणमा परि ज्यान गुमाउनेको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने बताएका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा नं. २ को मसार दगाममा यहि साउन २१ गते चितुवाको आक्रमणमा परि ज्यान गुमाएको परिवारजनलाई भेट्ने क्रममा सासंद सिग्देलले सो कुरा बताएका हुन् ।
कृष्णमाया थापा रानाले घरमा खेलीरहेको १८ महिनाको बालकलाई चितुवाले लगेको बताइन् । सांसद सिग्देलले घटना अत्यन्त दुःखद् भएको र अबका दिनमा थप सर्तकताका साथ रहनुपर्ने बताएका छन् ।
थापाको घरको खरको छानोलाई सुरक्षित आवास कार्यक्रमअन्र्तगत टिनको छानो बनाउन सम्वन्धित निकायलाई उनले निर्देशन समेत दिएका छन् ।
मृतक परिवारजनलाई समवेदना दिन तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बलका प्रमुख, जिल्ला वन कार्यलयका प्रमुख केदार बराल, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, शुक्लानगरपालिकाका प्रवक्ता खिम कुमाल, नेकपा नेताहरू श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय, हरिराज कँडेल लगायतका नेताहरू पीडितको घरमा गएका थिए ।
सोही अवसरमा जिल्ला वन कार्यलयका प्रमुख केदार बरालले चितुवाको खोर स्थानीय वासिन्दालाई हस्तान्तरण गरेका थिए ।
















प्रतिक्रिया