काठमाडाैं, २४ साउन । हात्तीको दाह्रासहित प्रहरीले काठमाडौंको सुकेधाराबाट ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर घर भई काठमाडौं कपन बस्ने २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोक घर भई सोही ठाउँ बस्ने २५ वर्षीय हरि कार्की र गोरखा घर भई काठमाडौं सामाखुसी बस्ने २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आज अपराह्न १ः३० बजे काठमाडौं महानगरपालिका- ४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हँुदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
उनीहरूको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया