काठमाडौं, २३ साउन । घरयासी विवादका क्रममा काठमाडौंको चुच्चेपाटीमा पत्नी र छोरीलाई थिनर प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडाका विष्ट थरका व्यक्तिको थिनर प्रहारबाट छोरी घाइते छन् । आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
थिनर कडा प्रकारको तरल केमिकल हो । खासगरी इनामेललगायतका रङ वा काठका काममा यसको प्रयोग हुने गरेको पाइन्छ ।











प्रतिक्रिया