मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी मकवानपुरको १५ औं जिल्ला सम्मेलनले सुशीला मल्लको अध्यक्षतामा ४९ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।
सम्मेलनबाट उपाध्यक्षमा उर्मिला श्रेष्ठ र सुनिता दोङ, सचिवमा इन्दिरा तामाङ, उपसचिवमा सचिता भट्टराई तथा कोषाध्यक्षमा दुर्गा घोरासैनी चयन भएकी छन् ।
सम्मेलनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिलाई अनेमसंघ केन्द्रीय कमिटी अध्यक्ष टुकाभद्र हमाल, केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज पद्मा पौडेल, केन्द्रीय सदस्य पार्वती राना, अनेमसंघ बागमती प्रदेश कमिटी अध्यक्ष सुमित्रा काफ्ले, केन्द्रीय कमिटी अनुशासन विभाग सदस्य उमा लामा तथा नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटी सचिव सीता विष्ट र उपसचिव आरती पाठक लगायतले खादा तथा फूलमालासहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष मल्लसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई अनेमसंघ केन्द्रीय कमिटी अध्यक्ष हमालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

शपथ ग्रहणसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ ।
सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै सम्मेलनले संगठनलाई थप सुदृढ बनाउँदै महिला अधिकार, समानता, सामाजिक न्याय र राज्यका सबै तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने आन्दोलनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया