७ मंसिर २०८३, सोमबार

माप्य दुधकोशीमा आगलागीबाट पसल, होटलसहित घर जलेर पूर्ण रुपमा नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका केन्द्र खास्तापमा आगलागी हुँदा घर, पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन् ।

गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गएराति (मंसिर ६ गते) आगलागी भएको हो ।

आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको बताइएको छ ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक क्षति भएको बताए ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउन बाँकी छ ।