नेपालगन्ज, २३ साउन । बाँके जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ५ सय नाघेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका ४ सय ९८ जना र अन्य जिल्ला घर भइ बाँकेमा कार्यरत ४ सहित जिल्ला भित्र संक्रमित हुनेको संख्या ५ सय २ पुगेको जनाएकाे छ ।
बाँकेमा २ जनाको काेराेनाबाट मृत्यु भएकाे छ । ३ सय ९८ जना कोरोना मुक्त भइ घर गएका छन् ।
विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।











प्रतिक्रिया