मोरङ, २० साउन । मोरङ जिल्लाकाे लेटाङ नगरपालिका-८ जाँते मोरङे खोलाबाट नियन्त्रित लागूऔषध ३ सय १६ वटा ट्रमा र ३ सय ८८ वटा डिकोलिक सहित सोही ठाउँ बस्ने २८ वर्षीय मनोज कुमार मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको को.२ ह ६१७४ नम्बरको टेम्पु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।














प्रतिक्रिया