
काठमाडौं, १९ साउन । महानगरीय ट्राफिक महाशाखाका थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गत साउन १६ मा एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको भएको हो ।
कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित ३७५ प्रहरी क्वारेन्टाइनमा छन् ।















प्रतिक्रिया