२८ आश्विन २०८३, बुधबार

डुबेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । पोखरीमा डुबेर आइतबार साँझ यहाँ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सिस्वाकटैया–४ बस्ने जैनुल अन्सारीका सात वर्षीय छोरा तौसिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गर्मी छल्नका लागि घरनजिकै रहेको पोखरीमा पौडी खेल्न गएको बालकको डुबेर मृत्यु भएको प्रहरी नायब निरीक्षक तेजबहादुर भट्टराईले बताउनुभयो ।

खेल्नका लागि घरबाहिर गएका बालक अन्सारी राति अबेरसम्म घर नआउँदा परिवारजनले खोज्दै जाँदा राति ९ बजे घरनजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।