११ कार्तिक २०८३, बुधबार

कालिकोटमा पहिरो, ६ जना बेपत्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा नरहरिनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिएको छ । बुढासँगै ६ जना बेपत्ता भएका छन् ।

बुढाकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घाइते छिन्। उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको छ । पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।