११ कार्तिक २०८३, बुधबार

युट्युबर शिवाकोटी डिल्लीबजार कारागार चलान

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

शिवाकाेटी विश्व हिन्दु महासंघका पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने गर्छन् ।

काठमाडाैंकाे बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाले बताए ।

शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।