२८ आश्विन २०८३, बुधबार

‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ को आवेदन खुला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । ‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ हुने भएको छ ।

कोभिड–१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नका लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ गरिने भएएको हो ।

आगामी भदौभित्रै उक्त कार्यक्रम काठमाडौंमा गरिने बताइएको छ ।

म्यूजिक अवार्डका लागि आवेदन फाराम समेत खुला भएको आयोजकले बताएको छ । ‘आगामी भदौ १५ गतेसम्म फारम भर्ने समयावधि तोकिएको छ’, कार्यक्रम संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डितले भने, ‘२०७६ असोजदेखि २०७७ भदासम्मका गीत संगीतहरुलाई समावेश गरिने छ भने नवप्रतिभाको हकमा २०७६ भित्र गी निकालेको हुनु पर्नेछ ।’

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाइ शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैं तिहार, होली), भजन, पप तथा आधुनिक गायक–गायिका, भाषा–भाषिका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने संयोजक पण्डितले बताए ।

कार्यक्रमका अवसरमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु, नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकार र अरु केही व्यक्तिलाई सम्मान गरिने तयारी गरिएको छ ।

‘नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड–२०२०’ का लागि आवेदन पाराम भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।