२८ आश्विन २०८३, बुधबार

आज देशभर वर्षाको सम्भावना, प्रदेश १ मा चट्याङको खतरा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । आज (शनिबार) देशभर मौसम बदली भइ हल्का तथा मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार अहिले नेपालको दक्षिण भागमा हाल न्युन चापीय वायु सक्रिय छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका १/२ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने विभागको अनुमान छ ।

यस्तै प्रदेश १ को पनि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने पूर्वानुमानमा विभागको छ ।

वर्षाबाट हुने बाढीपहिरो तथा तथा चट्याङबाट हुने क्षतिबाट बच्न विभागले सबैलाई सचेत गराएको छ ।