मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नायिकासँग वर्षौंदेखिको शारीरिक सम्बन्ध यसरी परिणत भयो बलात्कारमा

दैनिक नेपाल २०७७ साउन ९ गते १४:०६

नयाँदिल्ली, ९ साउन । भारतकी एक नायिकाले विवाहको आश्वासन दिएर आफूमाथि बलात्कार भएको बताएकी छिन् ।

मुम्बईस्थित सान्ताक्रुज इलाकामा नायिकासँग विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक कन्ट्र्याक्टरविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुम्बई प्रहरीको तर्फबाट सुदीप कुमार शाह नामका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

सन् २०१६ देखि नै चिजानमा रहेका सुदीपले आफूलाई विवाहको आश्वासन दिएर शारीरिक सम्बन्ध कायम गर्दै आएको उजुरीमा उल्लेख छ । तर, सुदीप पहिले नै विवाहित भएको ति नायिकाले थाहा पाएपछि भने बलात्कारको मुद्दा हालेकी हुन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करसँगको कुराकानीमा सुदीपले एक अपपार्टमेन्ट खरीद गर्नका लागि आफूसँग पैसा समेत लिएको नायिकाले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित