
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ताका क्रममा सभापति देउवाले लकडाउन खुलिसकेको भए पनि कोरोनाको संक्रमण अन्त्य नभएको भन्दै नयाँ रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
देशभरका क्वारेन्टाइनहरु मापदण्डभित्र नरहेकाले त्यसको सुधार गर्दै पीसीआर प्रविधिबाट मात्रै कोरोना जाँच गर्न पनि उनले सरकारलाई सुझाव दिएका छन् ।
यस्तै विदेशमा अलपत्र नागरिकको उद्धारमा अझै तीव्रता दिन तथा बाढीपहिरोबाट विस्थापितलाई चाँडो पुनस्र्थापना गर्न जोड दिएका छन् ।
यसैबीच विभिन्न क्षेत्रको असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।













प्रतिक्रिया