२८ आश्विन २०८३, बुधबार

स्रोत नखुलेको २० लाख नगदसहित एकजना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

लहान, ८ साउन । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सिरहा नगरपालिका–१९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले उक्त रकमसहित जिल्लाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाले बताएको छ ।

भारततर्फबाट आउँदै गरेका ठाकुरलाई चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिएको बताइएको छ ।