२८ आश्विन २०८३, बुधबार

नारायणी नदीको बहाव अझै तीन दिनसम्म बढ्ने सम्भावना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, ८ साउन । बुधबारदेखि मनसुन क्रमिक रुपमा कम हुँदै गए पनि अझै दिन दिनसम्म नारायणी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार देशका अन्य सबै प्रमुख र मझौला नदीहरुमा भने बहाव केही घटबढ हुने छ भने जलसतह सतर्कताभन्दा तलै हुने अनुमान गरेको छ ।

शुक्रबार र शनिबार कन्काई, वागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केही सहायक नदीमा आकस्मिक बहाव हुनसक्ने महाशाखाले अनुमान गरेको छ । अहिले पनि नारायणी नदीमा बाढी आइरहेको विभागको भनाइ छ ।

बिहीबार (आज) कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने छ । यस्तै कालीगण्डकी नदीमा भने बहाव सतर्कता तह आसपास हुने बताइएको छ ।

यस्तै बिहीबार (आज) इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषालगायत प्रदेश २ का जिल्लाहरुमा बाढीको न्यून मात्रै सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौं उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, रुकुम, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, र आसपास भई बग्ने नदीमा पनि आकस्मिक बहावको न्यून सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।