
काठमाण्डौ, ८ साउन । सुनको मूल्यले बुधबार र बिहीबार (आज) लगातार नयाँ रेकर्ड बनाएको छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड बनाउँदै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा सुनको मूल्य महँगो हुँदै गएको महासंघले बताएको छ ।













प्रतिक्रिया