
काठमाडौं, ८ साउन । राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि पुनः सेवा शुरू गर्ने भएका छन् ।
चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै बन्द रहेको सेवा बिहीबारदेखि सुचारु गर्न लागिएको टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टले जानकारी दिए । मंगलबार रातीदेखि सरकारले लकडाउन खुला गरेसँगै सेवा सुचारु गर्न लागिएको उनको भनाइ छ ।
दुईपांग्रे सवारीसाधनमार्फत यात्रु ओसारपसार गर्ने गर्ने टुटल करीब ३ वर्षअघिदेखि सञ्चालनमा छ भने पठाओले सेवा शुरू गरेको करीब २ वर्ष पुग्न लागेको छ ।
पछिल्लो समय विशेषगरी चरम भाडा असुल्दै आएका ट्याक्सीको विकल्पमा रूपमा यी दुई कम्पनी प्रभावकारी बन्दै गएका छन् । तर, सरकारले यसलाई कानून बनाएर व्यवस्थित भने गरिसकेको छैन ।
मास्क र पञ्जालगायत स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सेवा शुरू गर्न लागिएको कम्पनीको भनाइ छ । टुटलका सबै चालकलाई स्वास्थ्य सुरक्षाका लागि बीपीजी (ब्रिदेबल प्रोटेक्टिभ गियर) प्रदान गरेको छ । यो पीपीईभन्दा एक तहमुनिको सुरक्षा सामग्री भएको कम्पनीको भनाइ छ ।













प्रतिक्रिया