
काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई सबैखाले भड्कावहरुबाट जोउनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेताले नेपालले कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु संधैं मार्गदर्शनका रुपमा लिनुपर्ने बताएका छन् ।
दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर संस्थापक महासचिव पुष्पलालको सपनालाई साकार पारेको भन्दै नेता नेपालले नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मक रुपमा अगाढि बढाउन ठोस योगदानसमेत दिएको बताएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टीलाई अझै बलियो र विधि–पद्दतिमा आधारित बनाउन आवश्यक रहेको औंल्याउँदै सबै नेता कार्यकर्ता एक भएर लाग्नुपर्ने पनि बताएका छन् ।













प्रतिक्रिया