२८ आश्विन २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा बालविकास समाजलाई आर्थिक सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । सिटिजन्स बैंक इन्टरनेसनलले बालविकास समाजलाई रू. १ लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रीय यकार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त रकम बराबरको चेक मंगलवार संस्थालाई हस्तान्तरण गरेको छ ।

उक्त रकमबाट १५ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने संस्थाले बताएको छ । सिटिजन्स बैंकले विगत ९ वर्षदेखि समाजलाई यस्तो सहयोग उपलब्ध गराउँदै आएको बताएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

देशैभर १०९ ओटा शाखा, ९८ ओटा एटीएम र १०४ ओटा शाखारहित बैंकिङ इकाइहरूबाट करीब साढे ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।