
काठमाडौं, ६ साउन । अविरल वर्षाका कारण पहिरो खस्दा आइतबार र मंगलबार गरी काठमाडौंमै ३ जनाले ज्यान गुमाएका छन् ।
मंगलबार काठमाडौंको टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । बिहान खाना खाने समयमा खसेको पहिरोले पुरिएर ३ वर्षका जुम्ल्याहा बालबालिका सचिन राना र सन्ध्या रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले बताएको छ ।
यसअघि कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ खसेको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको थियो ।













प्रतिक्रिया