कठमाडौं, ६ साउन । अन्तर पार्टी महिला सञ्जालले उपसभामुखको निर्वाचन तत्काल गर्न माग गरेका छन् ।
सञ्जालका पदाधिकारीहरुले सभामुख सापकोटालाई भेटेर मंगलबार यस्तो आग्रह गरेका हुन् । सञ्जालले राजनीतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागितामा जोड दिएको छ ।
पद रिक्त भएको लामो समय बितिसक्दा पनि निर्वाचन नगरिएको भन्दै सञ्जालले असन्तुष्टि व्यक्त गरेको छ । उक्त अवसरमा सभामुख सापकोटाले उपसभामुख निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफल भइरहेको प्रतिक्रिय दिएका छन् ।













प्रतिक्रिया