२८ आश्विन २०८३, बुधबार

नवलपुरको पहिरोमा पुरिएका श्रीमान्–श्रीमतीको शव भेटियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर, ६ साउन । नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शब टेटिएको छ ।

बुलिङटार गाउँपालिका २ को डाँडाझेरीमा मंगलबार बिहान पहिरोमा पुरिँदा श्रीमान् श्रीमती ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणका अनुसार ज्यान गुमाउनेमा डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी ५७ वर्षीया पत्नी खिनिमाया नेपाली छन् ।

सुतिरहेको समयमा मंगललबार बिहान ४ बजेको समयमा पहिरोले घर पुरिँदा दुबै जनाको ज्यान गएको हो । पहिरोमा पुरिएका दुवै जनाको शव स्थानीयले निकालेका हुन् ।