
काठमाडौं, ६ साउन । जल तथा मौसम विज्ञान विभागले भोदि (बुधबार) देखि मनसुन घट्दै जाने बताएको छ ।
भोलिदेखि नेपालको पश्चिम क्षेत्रबाट मनसुन कम हुँदै जाने आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । उनका अनुसार पश्चिम क्षेत्रमा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेश क्षेत्रमा भने अझै केही दिन वर्षा जारी रहने छ ।
महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गए भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ ।
यसअघि महाशाखाले गत शुक्रबार नै सूचना प्रकाशित गरी साउन ४ गतेदेखि ७ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । सोही अनुसार बुधबारदेखि मनसुन कम हुने महाशाखाको भनाइ छ ।
आइतबारयता शुरु भएको निरन्तरको वर्षाका कारण देशभर बाढी तथा पहिरोका घटना बढेको छ भने आम जनजीवन कष्टकर भएको छ ।
हाललाई मनसुन कम हुँदै गए पनि महाशाखाले सोमबार दिएको जानकारी अनुसार यो वर्ष कात्तिकसम्मै वर्षाको सम्भावना छ ।













प्रतिक्रिया