
कैलाली, ६ साउन । सर्पले डसेर कञ्चनपुरकी निर्मला पन्तको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका–१ पशुपती टोलकी ४० वर्षीय पन्तको मंगलबार मृत्यु भएको हो ।
सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदा लैजादै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
चौपायकाका लागि भुसा निकाल्दै गर्दा उनलाई सर्पले डसेको थियो । वर्षा र बाढीका कारण तराइ क्षेत्रमा सर्पदंशको त्रास पनि बढेको छ ।













प्रतिक्रिया