२८ आश्विन २०८३, बुधबार

गण्डकीमा ९ जना संक्रमित थपिए, कुल संख्या १३२९ पुग्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ साउन । गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ३२९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा म्याग्दी, बागलुङ र स्याङ्जामा ३–३ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २३ र २४ वर्षीय, बेनी नगरपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङको ताराखोलाका २५ वर्षीय २ जना र वर्ष ४३ वर्षीय १ जना पुरुष पनि संक्रमण देखिएको छ ।

यस्तै स्यांजाको फेदीखोला गाउँपालिकाका ३१, ५५ र ५८ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

गण्डकीमा कोरोना संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने १ हजार २० जना निको भएर घर फर्किएका छन् ।