
कैलाली, ६ साउन । दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो । सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
लक्ष्मीका छोरा सुभम भने पहिरोबाट जोगिएका छन् । उनैले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।













प्रतिक्रिया