२८ आश्विन २०८३, बुधबार

साउदी, कतार र मलेसियाबाट आज १ हजार २१५ नेपाली स्वदेश फर्किंदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । साउदी, कतार र मलेसियाबाट आज मंगलबार १ हजार २१५ जना नेपाली स्वदेश फर्किंदै छन् ।

मंगलबार हुने विभिन्न सात वटा उद्धार उडानमार्फत उनीहरूले नेपाल आउन लागेका हुन् ।

आज साउदीबाट ३, मलेसियाबाट ३ र कतारबाट एउटा उद्धार उडानको तालीका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ ।

विमानस्थलका अनुसार साउदीको दमाम र रियादबाट हिमालयन एयरलाइन्सका २ वटा उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किंदै छन् ।

यस्तै साउदीकै रियादबाट नेपाल एयरलाइन्सको जहाजले २६० जना नेपाली ल्याउने बताइएको छ ।

त्यसैगरी मलेसियाबाट २ वटा मलिन्दो र एउटा नेपाल एयरलाइन्सको उडानमार्फत ५०६ जना नेपाली स्वदेश फर्किने तयारी छ भने कतारबाट हिमालय एयरलाइन्समार्फत १५२ जना स्वदेश फर्किंदै छन् ।

हालसम्म कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका ३२ हजार ७२७ नेपालीलाई सरकारले स्वदेश फर्काइसकेको छ ।

विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ वटा मुलुकबाट गरिएको विभिन्न चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किन पाएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) दिएको जानकारी अनुसार साउन ४ गतेसम्म २०६ वटा उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका हुन् ।

यस्तै सोमबारमात्रै ५५८ जना नेपाली स्वदेश फर्किका छन् ।

सबैभन्दा धेरै यूएईबाट ७ हजार ६१७, कुवेतबाट ५ हजार ५४९, साउदी अरेबियाबाट ५ हजार ४४, मलेसियाबाट ३ हजार ७३० र कतारबाट ३ हजार ६३३ स्वदेश फर्किएका हुन् ।