२८ आश्विन २०८३, बुधबार

नारायणी खतरा र राप्ती चेतावनीको तहभन्दा माथि पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ साउन । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ ।

देवघाट क्षेत्रमा नारायणी नदीको जलसतह ९ दशमलव ८१ मिटर पुगेको छ । यो नदीमा ८ मिटर भन्दा माथि पुग्नेवित्तिकै खतराको तह मान्ने गरिएको छ । नदीको जलसतह निरन्तर बढिरहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै राप्ती नदीमा पनि जलसतह तीव्र रूपले बढेको छ । यो नदीको बाढी मापनकेन्द्र अवस्थित रजैयामा जलसतह ३ दशमलव ३६ मिटर पुगेको छ । यो नदीमा ३ दशमलव ३० मिटरलाई चेतावनीको तह मान्ने गरिएको छ ।

यी दुई नदीमा पानीको वहाब तीव्र रूपले बढ्दा जिल्लाका विभिन्न ठाउँमा कटान र डुबानको जोखिम सृजना भएको छ । उक्त जोखिमको ख्याल गर्दै चितवनका कोइला, सिसैं र भगडीका करीब ३० घर परिवारलाई सोमबार राति नै सुरक्षित स्थानमा सारिसकिएको छ ।