२८ आश्विन २०८३, बुधबार

पोखरामा पाइपमार्फत शिललिंगमा दूध चढाइयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ साउन । नेपाली नारीहरुका लागि विशेष व्रतको महीना साउन शुरु भए पनि यो वर्ष अधिकांश मठमन्दिरहरु बन्द हुँदा श्रद्धालुहरुले मन्दिरमा पूजापाठ गर्न पाएका छैनन् ।

कोरोना भाइरसको संक्रमणको त्रासमा गत चैतदेखि बन्द मन्दिरहरु अझै खुलेका छैनन् ।

आज साउन महीनाको पहिलो सोमबार भए पनि काठमाडौंको पशुपतिलगायत सबै शिवालय मन्दिरहरु बन्द रहे ।

श्रद्धालुहरुले मन्दिरबाहिरैबाट दर्शन गरेर फर्किका भएका पनि पोखराको केदारेश्वर महादेवको मन्दिरमा भने पाइपमार्फत महादेवलाई दूध चढाउने व्यवस्था गरिएको छ ।

मन्दिरको गेटबाट मन्दिरभित्र अवस्थित शिललिंगसम्म पाइप जडान गरी श्रद्धालुले चढाएको दूध शिवलिंगसम्म पुग्ने व्यवस्था गरिएको हो ।

मन्दिरको मुख्य गेटदेखि शिवलिंगसम्म पाइपले जोडिएको छ । जसमा गाईघाटदेखि जल लिएर पुगेका श्रद्धालुहरुले पाइपमार्फत आसुतोष भगवान शिवलाई जल चढाइरहेका छन् ।