
काठमाडौं, ५ साउन । रुपन्देही र सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित सडकमा ना. १ ह ८०६४ नम्बरको ई–रिक्साले आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी पैदलयात्री बुटवलको कालिकानगर निबासी ४० वर्षीया बालकुमारी गुरुङको निधन भएको हो ।
दुर्घटनापछि चौराहा अस्पताल बुटवलमा उपचाररत उनको निधन भएको प्रहरीले बताएको छ । सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।
यस्तै सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित सडकमा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र बा. ३८ प ८०७४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
र्घटनाबाट गम्भीर घाइते भएका बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकल चालक बरहथवा–५ का २३ वर्षीय बिबेक साहलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये १ जनाको स्थानीय पोलीक्लिनिक बरहथवा र २ जनाको संजिवनी अस्पातल बरहथवामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया