
बारा, ५ साउन । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको देवताल गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
एकैपटक ४६ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो समय गाउँपालिकाका ७४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिलासहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।













प्रतिक्रिया