२८ आश्विन २०८३, बुधबार

पहिरोले पाल्पामा दुई घर पुरिए, दार्चुलामा आमाछोरीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पाल्पा, ५ साउन । निरन्तरको वर्षाका कारण पहिरो खस्दा पाल्मामा दुई घर पुरिएको छ भने रामपुर–नवलपरासी कोरिडोर अवरुद्ध बनेको छ ।

जिल्लाको रामपुर नगरपालिका–१ स्यालीबजारस्थित दुई घर पहिरोले पुरेको हो । घर पुरिए पनि मानिसहरू भाग्न सफल भएकाले मानवीय क्षति भने हुन पाएन । सोही ठाउँमा अन्य धेरै घरहरू जोखिममा छन् ।

पहिरोले घर पुरेपछि स्थानीय लक्ष्मी मल्ल र गमबहादुर मल्ल छिमेकमा ओत लागेर बसेका छन् । यस्तै वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेका कारण कालीगण्डकी कोरिडोर पनि अवरुद्ध बनेका छन् ।

आमाछोरीको मृत्यु

यसैबीच अविरल वर्षाका कारण घर भत्किँदा दार्चुलामा आमाछोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको हो । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।