२८ आश्विन २०८३, बुधबार

पोखराको मुस्ताङचोकमा प्रहरी अस्पताल सञ्चालन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ साउन । गण्डकी प्रदेश प्रहरीले पोखरा महानगरपालिका–७ मुस्ताङचोकमा प्रहरी अस्पताल सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले आइतबार उक्त अस्पतालको औपचारिक उद्घाटन गरे ।

अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

काठमाडौंस्थित प्रहरी अस्पतालबाट उपलब्ध सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

अस्पताल सञ्चालनका लागि सरकारले २१ जना प्राविधिकसहित ४१ जनाको दरबन्दी तोकेको छ ।

जनरल ओपीडी, वार्ड, ल्याब र फार्मेसीसहित हाडजोर्नी, नशा तथा बाथ रोगलगायत सेवाहरू प्रदान गरिने अस्पतालका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेले जानकारी दिएका छन् ।