
काठमाडौं, ४ साउन । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) स्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षा कवच (पीपीई) सहयोग गरेको छ ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई प्रदान गरेको बताएको छ ।
‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो’, सीईओ टासीले भने ।
यसबाट कोभिड–१९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ ।













प्रतिक्रिया