२८ आश्विन २०८३, बुधबार

भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गरिँदै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । भोलिदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन हुने भएका छन् ।

सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन् । आइतबार (आज) यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलीदेखि यातायात सञ्चालन गर्ने बताएका हुन् ।

सरकारले असार २६ गते नै सवारी सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरुले गाडी चलाएका थिएनन् । केही व्यवसायीले छिटफुट रुपमा बस सञ्चालन गर्दै आएकोमा भोलीदेखि पूर्णरुपमा यातायात सञ्चालन गर्न उनीह तयार तयार भएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले आफूहरुले उठाउँदै आएको मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

सरकारी निर्णयअनुसार तत्काल अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन गरिने छ । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै जिल्ला मानिने छ । लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको वरिष्ठ उपाध्यक्ष रिजालले टेलिफोनमार्फत जानकारी दिए ।