२८ आश्विन २०८३, बुधबार

आज र भोलि बाढी पहिरोको जोखिम औंल्याउँदै सतर्क रहन मौसम महाशाखाको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । मनसुनी न्यूनचापीय रेखा नेपालनजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै पानी पर्दा आइतबा र सोमबार मुलुकभर बाढी पहिरोको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ । विशेषगरी तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसकै प्रभावले अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको हो । विशेषगरी प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ ।

वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र प्रदेश २ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच झरी परेसँगै विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले पनि दुई दिनयता सतर्क गराउँदै आएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।